Bisal Chautari Logo

चट्याङ पर्दा चारको मृत्यु

- ३० श्रावण २०७०, बुधबार १५:४७ मा प्रकाशित


३०, साउन, रोल्पा/ओखलढुंगा/काभ्रे ।
रोल्पा जेलवाङ–४ रनिलेक भन्ने स्थानमा साउन २९ गते १८:०० बजे अचानक चट्याङ पर्दा ४१ बर्षीया ढल्ली बुढामगर र ५० बर्षीया रामसरी सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै ओखल्ढुङ्गामा बाक्सा–७ बस्ने २५ बर्षीया उर्मिला तामाङ साउन २९ गते १८:०० बजे घरको दलानमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको छ, भने काभ्रे सालधारा–४ बस्ने च्याप स्याङ सिंहको १४ बर्षीय छोरा दिपक सिपाङ सिंहको साउन २९ गते १८:०० बजे घरमा बसी रहेको अवस्थामा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया