Bisal Chautari Logo

त्रिभुवन विमान स्थलका घुसलिएको आरोपमा दुई अधिकृत पक्राउ

- ३२ श्रावण २०७०, शुक्रबार १६:०९ मा प्रकाशित


३२ साउन, काठमाडौं । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृतलाई घुस लिएको आरोपमा पक्रउ गरेको छ । पक्राउ पर्नेमा शाखा अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् । गैरकानूनी फाइदा हुने गरी रकम लिई आफूसँग राखेका छन् भन्ने प्राप्त सूचनाका आधारमा अख्तियारको विशेष टोलीले खनतलासी गरेको थियो । शुक्रबार साँझ ५:४० बजे सरकारी गाडीबाट बाहिर निस्किरहेको अवस्थामा भन्सारका शाखा अधिकृत मिनर्भा र रेग्मीको शरीर खानतलासी गर्दा रकम बरामद भएको अख्तियारले जनाएको ।

मिनर्भाको ब्यागबाट २२ हजार ५ सय र उनी चढेको गाडीको म्याटमुनि खुट्टाले थिचेर राखिएको ३९ हजार रुपैयाँ गरी ६१ हजार ५ सय रुपैयाँ बरामद भएको छ । अर्का शाखा अधिकृत रेग्मीको पाइन्टको खल्तीबाट ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ । उनीहरु दुबैलाई हिरासतमा लिइएको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया