Bisal Chautari Logo

माहामारि बर्ड फ्लुका कारण करीब पाँच अर्बको नोक्सानी

- ३२ श्रावण २०७०, शुक्रबार १७:१४ मा प्रकाशित


केही समययता राजधानी वरपरका कुखुरा फार्महरुमा बर्ड फ्लु फैलिएपछि कुखुरा तथा अण्डा नष्ट गर्ने अभियानबाट करीब पाँच अर्ब रुपियाँको नोक्सानी भएको  सरकारी अधिकारीहरुको अनुमान छ ।

 ३२, साउन काठमाडौ । 

केही समययता राजधानी वरपरका कुखुरा फार्महरुमा बर्ड फ्लु फैलिएपछि निकै फस्टाएको भनिएको करीब ६० अर्ब रुपियाँको लगानी भएको कुखुरापालन व्यवसाय चौपट भएको व्यवसायीहरुले बताएका छन् ।
कुखुरापालन व्यवसायलाई नेपाललाई कुखुराको मासुमा करीब आत्मनिर्भर नै बनाएको जानकारहरुको भनाइ छ । यो व्यवसायलाई पहिलेको अवस्थामा ल्याउन सरकारले ऋण र ब्याजमा सहुलियत तथा पंक्षी वीमा गराउने विषयमा छलफल गरिरहेको अधिकारीहरुले बताएका छन् । बीबीसी अनलाईनमा आधारित समाचारका अनुसार चरामा लाग्ने एकप्रकारको रुघाजस्तो रोग बर्ड फ्लु एकपछि अर्को फार्ममा फैलिएपछि त्यसमा लागेका कतिपय व्यवसायीहरु अचेल विचलित भएका छन्। त्यसमाथि नष्ट गरिएका कुखुराको क्षतिपूर्ती नाममात्रको दिईंदा उनीहरु अब पुन : व्यवसायमा फर्कन नसक्ने बताउँछन्। आफ्नो करोडौं रुपियाँको लगानी डुबेको बताउने नेपाल पंक्षी महासंघका उपाध्यक्ष समेत रहेका एकजना व्यवसायी नारायणहरि खत्रीले घाउमा मल्हम लगाउनुको साटो व्यवसायी भनेको बेचमान नै हुन् भन्ने प्रचार सरकार र मिडियाबाट भएको बताए। यो बर्ड फ्लु आउनमा व्यवसायीको के दोष छ र? विकसित युरोप र अमेरिकामापनि यो देखिएको छ। तर उता राम्रोसंग क्षतिपूति दिन्र्छन्, ?  खत्रीले भने।
हाल सरकारले जिउँदो कुखुरा नष्ट गरेको प्रति कुखुरा १३० रुपियाँका दरले राहत दिने बताएको छ।
व्यवसायीहरु कमसेकम लागतको ८० प्रतिशत सरकारले क्षतिपूति र्बेहोरिदिए आफुहरु तंग्रिन सक्ने बताउँछन्। यो व्यवसायमा देशभर करीब डेढ लाखले प्रत्यक्ष अनि थप त्यतिनै संख्याले अप्रत्यक्ष रोजगारी पाइरहेको बताइन्छ। कुखुराजन्य व्यवसायले देशको कूल गार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान गर्ने गरेको पशु सेवा विभागले जनाएको छ। त्यसमाथि केही वर्षयता वर्षैपिच्छे दश देखि १२ प्रतिशतका दरले यो व्यवसाय विस्तार भइरहेकोमा पछिल्लो झट्काका कारण अब आथिर्क वृद्धिमापनि सोझो असर पर्न सक्ने विभागका उपनिर्देशक रामकृष्ण खतिवडाले बताए। यसको केही न केही असर त पक्कै पर्नैछ, किनकि अब कुखुरा पाल्नपनि मान्छेहरु हिच्किचाउँछन्, उनले भने।
हालको घटनाले यस व्यवसायलाई दीर्घकालीन असर पर्ने कतिपय विज्ञहरुले चेतावनी दिएका छन्।
पूर्व सचिव तथा कृषि मामिलाका जानकार डा हरि दाहालले यस पटकको संक्रमणले कुखुराको मासु व्यवसायलाई अप्ठेरो पारेको बताए । नेपालमा सबभन्दा धेरै खपत हुने राँगाको मासु हो त्यसपछि खसी बोका आउँछ। कुखुरा तेस्रो स्थानमा थियो तर त्यसले छिटै अरुलाई जित्ने देखिएको थियो । तर बर्ड फ्लुले यस व्यवसायलाई मुश्किल पारेको छ, ? दाहालले भने ।
यी असर न्यून बनाउन तथा प्रभावित व्यवसायीहरुलाई पुनस्र्थापन गरी यो व्यवसायलाई पुन : उठाउन सरकारले छलफल थालिसकेको सरकारको भनाइ छ ।
पशु सेवा विभागका उपनिर्देशक खतिवडाले व्यवसायीलाई व्याजमा अनुदान दिने र सहुलियत ऋण उपलब्ध गराउन सरकारले पहल गर्ने बताए। ठूलो नोक्सानी भएकाले पंक्षी वीमाको अवधारणामा जानुपर्ने हुनसक्ने उनले सुझाए। हाल गरिने पंक्षी बीमाले बर्ड फ्लु नसमेटने हुनाले सरकार र व्यवसायी मिलेर यस रोगविरुद्ध वीमा गराउनुपर्ने माग गरिएको छ। नत्र भने यसै त पाँच खर्ब रुपियाँ पुगेको देशको व्यापार घाटा आउने दिनमा झन बढ्ने अर्थविदहरुले चेतावनी दिएका छन्।

प्रतिक्रिया