Bisal Chautari Logo

प्लास्टिक बमबाट एक किश्वर घाइते

- १ भाद्र २०७०, शनिबार १६:५० मा प्रकाशित


१ भाद्र, स्याङजा । 
स्याङ्जामा प्लास्टिक बमबाट एक किश्वर घाइते भएका छन् । प्लाष्टिकको थैलो फेला पारी के रहेछ भनी हेर्न खोज्ने क्रममा अचानक बिष्ष्फोटन हुादा साखर–४ मानेचौर बस्ने १८ बर्षीय यमबहादुर थापा घाइते भएका हुन् । साउन ३२ गते १५:०० बजे सोही ठाउको जंगलमा दाउरा काट्न गएको अवस्थामा निजले प्लाष्टिकको थैलो फेला पारेपछि थैलोमा के रहेछ भनी उठाई हेर्ने क्रममा अचानक बिष्फोटन हुादा अनुहार र दुवै हातको पन्जामा चोट लागेकोले थियो । उनलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा आज ४ बजे थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो ।

प्रतिक्रिया