Bisal Chautari Logo

‘मुखौटा’ जेठ ३० गते रिलिज

- ३ जेष्ठ २०७१, शनिबार १६:५९ मा प्रकाशित


mukhauta-nepali-movie
काठमाडौं, २०७१ जेठ ३ शनिवार । जेठ १६ मा प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा उत्रिएको चलचित्र जेठ ३० मा प्रर्दशन मिति सारेको छ ।
चलचित्रको प्राविधिक कार्य नसकिएको र प्रचारप्रसारमा पनि समय अपुग भएकोले चलचित्रको रिलिज मिति सरेको सिनेमाका निर्देशक अर्पण थापाले बताए ।त्यस्तै चलचित्र निर्माता रविन श्रेष्ठले भने सिनेमालाई उत्कृष्ट बनाउन र प्रचारप्रसारलाई पनि थप प्रभावकारी बनाउन रिलिज धकेलिएको जानकारी गराए । चलचित्रलाई प्राविधिक रुपमा उत्कृष्ट बनाउन सम्झौता नहोस् भनेर रिलिज मिति सार्ने निर्णय गरेका हौं’, निर्माता रविनले बताए ।
रिफ इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, प्रशान्त ताम्राकार, हषिर्का श्रेष्ठ, निशा अधिकारी आदिको अभिनय रहेको छ । चलचित्र जेठ ३० मा देशका बढीभन्दा बढी हलबाट रिलिज गर्ने तयारी गरिरहेको रविनले बताए ।

प्रतिक्रिया