adhakatti movie audience will see all classes
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३० शनिबार । महा–भुकम्प अगाडी र अहिलेपनि नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘अधकट्टी’को चर्चा राम्रै बढेको छ । झन्डै २ घण्टा १५ मिनेट लामो यस चलचित्रलाई सेन्सर बोर्डले बिना काटछाट युनिभर्सल सटिफिर्केट दिएको छ । यस फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउने भएका छन ।
बसन्त सापकोटाले संगीत गरेको दर्शकहरुमाझ लोकप्रिय बनिरहेको चलचित्रको गीत ‘फिगर कोकाकोला’लाई डबस्म्यासमा गायन तथा नृत्यको माध्यमले नक्कल गर्ने उत्कृष्टलाई नगद रु. ३१ हजार दिने भएको निर्माता प्रदिपकुमार उदयले बताएका छन् । चलचित्रयुनिटले यो प्रतियोगिता सन्बी डिजिटल स्टुडियोसंग मिलेर गर्न लागेको हो भने यसलाई ‘अधकट्टी सन्बी डबस्म्यास च्यालेन्ज’ प्रतियोगिता भनिएको छ । ‘नक्कल गरिएको भिडियो ‘अधकट्टी’ को फेसबुक पेजमा पोष्ट गर्नु पर्ने छ र यो समयावधि जुलाईको अन्तिम सम्म रहनेछ’ निर्माता उदयले बताए । यता सिनेमाका निर्देशक सुब्रत आचार्य पनि यस्तो शैलीले नेपाली फिल्मलाई अगाडी बढाउन मदत गर्ने बताउछन ।
हरि लामाले खिचेको यस फिल्ममा सम्पादन बनिश शाहको रहेको छ । द्धारिका उदय प्रोडक्सनको ब्यानरमा निमिर्त यस चलचित्रमा सुमिता रञ्जित उदय कार्यकारी निर्मात्री छिन भने नरेश पाण्डे र चैतन्य बराल सह–निर्माता हुन् ।
प्रतिक्रिया