तीन दिनअघि केन्दिय समितिमा सिफारिस नामावलीमा मगरको नाम अन्तिममा राखिएको छ । ‘अहिले नै प्रत्यक्ष वा समानुपातिक भनेर छुट्याएका छैनौं, केन्द्रिय समितिमा सिफारिस गरेका छौं, त्यहीँबाट टुंगो लाग्छ,’ माओवादीका एक जिल्लास्तरीय नेताले भने, ‘उहाँ पनि विद्यार्थी फाँटको नेता हुनुहुन्छ, उम्मेदवार पनि हुन सक्नुहुन्छ ।’ पार्टी अध्यक्ष दाहालसित जोडेर मगरको उम्मेदवारी हेर्न नहुने तीन नेताले बताएको कमाण्डर पोष्टमा खबर छ ।माओवादीले गत साउनमा जनसम्बन्ध अभियान चलाउन संकलित नामावलीमा मगरको नाम गोप्य राखेको थियो । अभियानबाट संकलित नामावली हेरफेर गरी तीन दिन अघि केन्द्रिय समितिमा ६ जनाको नाम सिफारिस गरिएको हो । माओवादीका जिल्ला इन्चार्ज खड्क बस्नेतसहित अजबसिंह राना, गगन सिंह, पार्वती दुलाल, पुरन राना र बीना मगर छन् । यसअघि माओवादी थारुवान राज्य समिति सचिवालय सदस्य सिंह क्षेत्र नम्बर ४ बाट उम्मेदवारीको सूचीमा छनोटमा परेका थिए ।
प्रतिक्रिया