विशाल राई
३१ भाद्र, काठमाडौ । नेपालि साङगितिक क्षेत्रका धेरै गायक, गायिकाहरुको गुरु तथा गायक, संगितकार गुरुदेव कामतले एक्कासि नयाँ पार्टि ‘नयाँ संघियता जनधारण पार्टि’ खोलेका छन् । पार्टिका अध्यक्ष रहेका गायक गुरुदेव कामत आफ्नो गृह जिल्ला सिराहाबाट प्रत्यक्ष उम्मेवरदवारको रुपमा चुनावमा उठ्दैछन् । पार्टिको चुनाव चिन्ह ‘तवला’ रहेको छ ।
विशाल चौतारी डटकमसंग पार्टिको विशेष पहिलो कुराकानिमा पार्टिका अध्यक्ष कामतले ‘नयाँ संघियता जनधारण पार्टि’ विशेष गरेर कलाकारहरुलाई समेटिएको पार्टि भएको बताए । पार्टिको धारणा बारेमा प्रश्ट्याउदै पार्टिका अध्यक्ष गुरुदेवले जनताको चाहना अनुसारको संविधान बनाउने, कलाकारलाई कलामा मात्र सिमित नराखि संसद सम्म पुर्याउने लगायकका धारण रहेको प्रश्ट्याए । भने–‘६०१ जनाले देशलाई उदोगति तिर लगे, संविधान नबनाई भ्रष्टचार गरे, जनतालाई प्रयोग मात्र गरेको छ । यो सुन्दर नेपाललाई भद्रगोल बनाउने ६०१ लाई चुचौति दिनपनि मैले पार्टि खोलेको हु, अध्यक्ष गुरुदेवले बताए ।’ र यो सकारात्मक काममा जनता तथा कलाकारहरुको साथ पाउनेमा विश्वस्त रहेको पार्टिका अध्यक्ष कामतले बताए । नेपालि साङ्गितिक क्षेत्रमा सकृय रुपले लागिरहेका गुरु गुरुदेव कामत किन राजनितिमा एक्कासि आउनु भएको भन्ने प्रश्नमा देशको राजनिति उथल पुथल भईरहेकाले राजनितिमा लाग्नु परेको कारण बताए । गुरुदेवले भने–‘जनतालाई ठुला भनाउदा पार्टिहरुले भ्रमलुट गरे, यस्तै किसिमले भ्रमलुट गर्न दिदै जाने हो भने देश नै लुटिने डरले राजनितिमा लागेको विशाल चौतारी डटकमलाई गुरुदेवले बताए ।
प्रतिक्रिया