Bisal Chautari Logo

राजनितिमा लागेकि रेखा आफ्नै अन्डरवेयर देखिएको फोटो हेरेर किन दंग ?

- ४ आश्विन २०७०, शुक्रबार १३:०१ मा प्रकाशित


४ आश्विन, काठमाडौ । ‘कालि’ अभिनेत्री रेखा थापालाई धेरै दर्शकले विभिन्न किसिमले हेर्ने गरेका छन् । कसैले सेक्सी अभिनेत्रीको रुपमा त कसैले नेत्रीको रुपमापनि ।चलचित्रको पर्दामा कुनै न कुनै तबरले अंगप्रदर्शन गर्न माहिर छिन् रेखा । तर पछिल्लो समय राजनीतिमा लागेर सभासद बन्ने योजना बुनेपछि अभिनेत्री रेखामा केही परिवर्तन आएको धेरैले सोचेका थिए । तर नानी देखि लागेको बानी कहाँ नै छोड्न सकिन्छ र ? रेखालाई पनि आफ्नो पुरानो छवि छोड्न त्यती सजिलो कहाँ छ र ? हालै मात्र काठमाण्डौमा आयोजना भएको एक फेशन शो मा रेखा स्टेजमा उक्लिइन् । उनको विभिन्न पोजको फोटो क्यामेरामा कैद भए । तर स्वयंम रेखालाई भने आफ्नो अनुहार देखिएको फोटो भन्दा अन्य फोटो नै मनपरेछ क्यारे । यसैले पनि उनले हाँस्दै शरीरको पछिल्लो भाग देखिएको तस्बिर फेसबुकमा पोष्ट गरिन् । रेखाले पोष्ट गरेको फोटोमा उनको पहिरन अत्याधिक उज्यालोको कारण पारदर्शी देखिएको छ । हुनत रेखाले स्टेजमा लामो कपडा लगाएकी छिन् । तर रमाइलो कुरा के छ भने, प्राय फेसबुकमा आफ्नो अनुहार देखिने तस्बिरलाई पोष्ट गरिन्छ । तर रेखाले भने त्यसको विपरित आफ्नो पछिल्लो भाग देखिएको तस्बिरलाई पोष्ट गरेकी छिन् । -अनलाईन खबर

प्रतिक्रिया