मलेसियामा रहेको पुत्राजाय हलको बिषयमा पनि अहिले सर्वत्र चर्चा सुरु भइसकेको छ । करिब ३ हजार सिट क्षमताको यो हलमा नेपाली सिनेमाको भव्य अवार्ड हुन लागेकाले पनि चलचित्रकर्मीहरु हौसिएका हुन् । कुल ३१ विधामा प्रधान गर्न लागिएको यो अवार्डमा अधिकांश सिनेकर्मीहरु मलेसिया पुग्नेछन् । अवार्ड कार्यक्रममा नेपाली सिनेमाका पुराना देखि नयाँ कलाकारहरुको जमघट हुनेछ । कात्तिक २१ गते १ सय जनाको टोली मलेसिया प्रस्थान गर्ने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् । अवार्ड कार्यक्रम कात्तिक २३ गते हुने बताइएको छ ।


प्रतिक्रिया