Bisal Chautari Logo

मनोज महतोको एल्बमपछी म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

- २१ पुष २०७१, सोमबार १४:५८ मा प्रकाशित


Manoj Mahato albam Mishran music video Published
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २१, सोमतबार । गायक मनोज महतोको पहिलो एल्बम ‘मिश्रण’को यतिवेला निक्कै चर्चा छ । एल्बमको विमोचन चर्चित गायक राजेश पायल राईले गर्दा देखी नै गायक महतोलाई चर्चामा ल्याएको हो ।Manoj Mahato albam Mishran music video Published
उनै मनोजले सार्वजनिक गरेको ‘मिश्रण’ एल्बमको ‘चोली ल्याउछु’, ‘नक्कली रैछौ, अफ्टेरो बाटो ’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । चोली ल्याउछु गीतमा साजन शाहको संगीत रहेको यो गीतमा साजन शाह र लेखुी सहयात्रीले शब्द कोरेका छन् । यो गीतको म्यूजिक भिडियोमा पुष्प खड्काले मोडलिङ गरेका छन् । सहेन्द्र श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा हरी हुमागाइको छायांकन, प्रकाश तुलाधरको सम्पादन छ । त्यस्तै ‘नक्कली रैछौ’ बोलको म्यूजिक भिडियोको शब्द संगीत साजन साहके रहेको छ । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन्, भने बिबेक र सुरभीले मोड्लिङ गरेका छन् । उता अफ्टेरो बाटो बोलको गीत सितल कादम्बेनीले लेखेकी हुन् भने संगीत राज सागरको रहेको छ । भिडियोमा एसराज र प्रकृती श्रेष्ठले मोड्लिङ गरेका छन् । भिडियोले अहिले चर्चा पाइरहेको छ ।

[gss ids=”7733,7734,7735,7732″]

यस एल्बममा सातवटा गीतहरु समावेश गरिएको छ । एल्बम ल्याउन भन्दा अगाडी गायक मनोजले जङगल लभ, तृष्ण, मिसकल, मेरो मान्छेलगायतका नेपाली चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् ।

Manoj Mahato albam Mishran 3 music video


प्रतिक्रिया