Bisal Chautari Logo

राम र लिलाको जोडि हैदराबादमा [ फोटो फिचर ]

- २६ कार्तिक २०७०, मंगलवार ०९:३३ मा प्रकाशित


अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आफ्नो आउन लागेको चलचित्र ‘राम–लिला’ को प्रोमोशन गर्ने क्रममा हैदराबादमा पुगेका छन् । चलचित्रको प्रोमोशनको क्रममा उपस्थित भएका रणवीर र दीपिका स्टाईलिष्ट फरक लुक्समा देखिएका थिए । यि दुई जोडिले चलचित्रको चर्चापनि गरेका थिए । अभिनेता रणवीर र अभिनेत्री दीपिकाको कार्यक्रममा भव्य स्वागतपनि गरिएको थियो ।चलचित्र ‘राम–लिला’को सुरुवात देखिकै चर्चा चल्दै आएको छ । यो भन्दा बढि चर्चा रणवीर र दीपिकाको अफेयरको बारेमा भएको छ । यसकारणपनि चलचित्र जिज्ञाशाको विषय बनेको छ । कार्यक्रममा यि दुई जोडिले १५ नोभेम्वरलाई विशेष रुपले हेर्नपनि दर्शकहरुलाई आग्रह गरेका छन् । हेरौ यि दुईको जोडिले चलचित्रको व्यापारमा कस्तो प्रभाव पार्छ । तर अहिले चाहि रणवीर र दीपिकाको जोडि हेरौ । एजेन्सि :–

प्रतिक्रिया