Bisal Chautari Logo

साहित्यकारहरु कोहि चुनावी प्रचारमा, कोहि कविता वाचनमा

- २ मंसिर २०७०, आईतवार १४:४४ मा प्रकाशित


२ मंसिर, काठमाडौ । पछिल्लो समयमा कलाकार भनौ या साहित्यकार सबैजना एक न एक पार्टिको प्रचारमा हिडेको त सुन्नमा आईहल्छ । तर अहिले साहित्यकारहरु साहित्कि कार्यक्रममा व्यास्त छन् भन्ने समाचार सुन्न गाह्रोको विषय बनेको छ । त्यसैले यो महिनाको सुरुवातदेखिकै चुनावको चटारोमै कलाकारहरुको दैनिकी वितेको छ । तर कत्तिपय लेखक, साहित्यकारहरुले भने त्यो चटारोबाट पन्छिएर कविता सुन्ने साहसपनि बटुले । लुकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको आयोजनामा प्रत्येक महिनाको पहिलो दिन हुँदै आएको कविता वाचन कार्यक्रममा मंसिर महिनाका लागि कविद्वय उषा शेरचन र ठाकुर बेलवासे मञ्चमा उपस्थित भएका थिए ।
वाचनका लागि शुरुमा उषालाई निम्त्याईएको थियो । चुनावको चटारोबीच पनि अविश्वसनीय रुपमा साहित्यका फ्यानहरुको उपस्थिती देखेर उनले हौसीदै मुक्तक सुनाईन् ।
    नडराउनु चुक भोप्टेजस्तो निष्पट्ट अँध्यारोसँग
    रात जत्ति छिपे पनि विहानीलाई डाक्नुपर्छ नै आखिर

यस्तै किसिमका मुक्तकहरु आफ्ना साहित्यप्रेमि फ्यानहरुलाई श्रवण गराएर उनले कविता सुनाउन लागिन् । उषाले काव्यिक सयरका क्रममा मनको ईच्छा–पत्र, कठपुतली, म सिर्फ भीर भीर खोजीरहेछु, समुद्र र बादल, जिउँदो नेपाल हेर्ने रहर ’ लगायतका आधा दर्जनभन्दा बढी कविता सुनाएर साहित्यमय मञ्च ठाकुर बेलवासेलाई प्रदान गरिन् । मञ्चमा पुगेपछि ठाकुरले उषाकै कविता पढेर दुई दशकदेखि कविता सिर्जनामा लोगेको बताए । साहित्यकार ठाकुरले ‘म उही नदि किनारमै छु’ शिर्षकको कविताबाट वाचन शुरु गरेका थिए । त्यसपछि उनले ‘गरिबको बेग, भाईसँग, हाम्रो भेट, मान्छेको बादल’ जस्ता कविताहरु क्रमश सुनाए । सबै नयाँ कविता सुनाईरहेका ठाकुरले कवि मणि लोहनीको छनौटमा रहेका केही प्रेम कविता समेत सुनाए ।
आफूलाई कवितामा लागेर निकै सुरक्षित महसुस भएको बताउदै साहित्यकार ठाकुरले क्रमश:मृत्युको झोला, बाटोविहीन वस्ति, ईश्वरको राज्य, आमाको लय, बाँच तिमीले बाँच्नुपर्छ तिमीले भन्छौ, एउटा पहिरोमा तिम्रो सम्झना, छोडेर जानेहरु गरि दर्जन कविता सुनाएर साहित्यमय माहोलबाट ओझेल परे । (सौर्य दैनिक साभार)

प्रतिक्रिया