Bisal Chautari Logo

खोटाङमा युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक कारागार चलान

- १४ मंसिर २०७१, आईतवार १७:३३ मा प्रकाशित


Assistant Police Inspector sought to rape a young woman in KHOTANG prison
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १४ आइतबार । खोटाङमा स्थानीय एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।Assistant Police Inspector sought to rape a young woman in KHOTANG prison
मानसिक सन्तुलन गुमाएकी एक १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका प्रहरी चौकी बाराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद यादव पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला अदालत खोटाङको आदेशमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । खरेलले भने, ‘उनले नेपाल प्रहरीको मर्यादा विपरित काम गरेकाले हदैसम्मको कारबाही हुने छ ।’
राती कोठामा सुतीरहेकी युवतीलाई कात्तिक–९ गते कोठामै गएर जबरजस्ती करणी गर्न खोजेपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई कात्तिक–१० गते पक्राउ गरिएको थियो । मिलको फित्ताले बेरेर मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले जबरजस्ती करणी गर्न खोजेपछि चिच्याउदा आफूहरुले थाहा पाएको आफन्तले जनाएको छ । यादवले जबरजस्ती करणी गर्न खोजेपछि युवती आफै किटानी जाहेरी दिन सदरमुकाम दिक्तेल आएकी थिइन् । उनको अवस्था सामान्य रहेको पीडित युवतीको आफन्तले जनाएको छ । (साभार : हाम्रो खोटाङ डटकम)

comment here

प्रतिक्रिया