Bisal Chautari Logo

चन्द्रकान्त पौडेलको प्रसिद्ध सार्वजनिक (भिडियोसहित)

- २ कार्तिक २०७१, आईतवार १६:५९ मा प्रकाशित


Chandra Kant PaudelChandra Kant Paudel
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक २ आइतबार । युवा गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले एकल संगीत स्वरमा हालसालै ‘प्रसिद्धि’ नामक एल्बम सार्वजनिक गरेका छन् । लोकपप , पप, आधुनिक,गजल एवं देशभक्ति गीतहरु समावेश गरिएको यो एल्बम नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योति शास्त्रमा आचार्य गरेर अहिले नेपाली साहित्यमा स्नातकोत्तर गर्दै गरेका पौडेलको पहिलो एल्बम हो ।
गायनमा मात्र नभएर संगीत सिर्जनामा पनि उत्तिकै प्रखर पौडेलले मौका मिलेमा चलचित्र संगीतको भार वहन गर्न सक्ने बताए । यसो त उनले संगीत गरेको एल्बम को गीतहरु सुन्दा प्रत्येक गीत फरक फरक शैलीमा कम्पोज गरेको भेटिन्छ । आफ्नो संगीतमा विभिन्न गायक–गायिकाहरुलाई गाउन लगाउने इच्छा राखेका पौडेलले सामवेदका रिचा एवं मन्त्रको लयलाइ जुनकी नेपाली गीत संगीतको लागि एकदम नौलो कुरा हो । त्यसको प्रयोग नेपाली चलचित्रमा गर्ने बताए एवं योग्य पात्र भेटेमा आफ्ना ती सिर्जनाहरु प्रदान गर्ने कुरा गरे ।

प्रतिक्रिया