Bisal Chautari Logo

राई इज किङको कोलोराडोमा भव्य कन्र्सट

- २ कार्तिक २०७१, आईतवार १४:४५ मा प्रकाशित


rajesh payal rai usa live concert
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक २ आइतबार । नेपाली साङगीतिक क्षेत्रका सर्बाधिक ब्यस्त अनी नेपाली पाश्र्व गायनमा हिजोदेखी आजसम्मका सफल गायक राजेश पायल राइको आफ्नो दोस्रो अमेरिका साङेतिक यात्राका क्रममा आज कोलोराडोमा भब्य कार्यक्रम सम्पन्न भएको छ । rajesh payal rai usa live concert
नमस्ते इन्टरटेन्मेन्टको आयोजनामा दीपावली म्युजिकल साझ २०१४ नामक कार्यक्रम कोलोराडोको अरोरामा समापन भएको थियो । गायक राइले उक्त कार्यक्रममा नाइ न भन्नु ल, तिमीलाई रोजे, दिक्तेल बजार, धरान धनकुटा भेडेटार, बल्ल भेट वो आदङबे आदी गीतहरु गाएका थिए । दिपावलीको शुभकामना सहित आयोजित यस कायक्रममा संगीतको दर्शकहरुले भरपूर्ण रुपमा आनन्द लिएका थिए । स्थानिय कलाकारहरुको समेत सहभागिता रहेको यस कार्यक्रममा लोक दोहोरी गायक राजेश थापाले गाएका थिए । हरी उप्रेतिको तथा राजेश थापाको उदघोषण रहेको उक्त कार्यक्रममा पेन्सल्वानियाबाट आएका अर्का कलाकार नन्दा लगुनले मनग्य हसाएर
नमस्ते इन्टरटेनिङको फाउन्डर डाइरेक्टर जिदेन राई तथा राजेश राइको संयोजनमा आयोजित उक्त कार्यक्रम मनोरन्जक भएता पनि निर्धारित समयमा कार्यक्रम शुरु हुन नसकेको र समय अबधी थप्न नमिलेकोले राजेश पायाल राइले बिचमै आफ्नो प्रस्तुतिलाई रोकेका थिए ।

प्रतिक्रिया