
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ३० मंगलवार। अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ कदम अघि बढाएकी छन्। उनी नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय MediQuest Diagnostic Limited सँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्।
यस सहकार्यअन्तर्गत वर्षा शिवाकोटी ले MediQuest को ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्। यससँगै उनी MediQuest को दीर्घकालीन व्यावसायिक यात्रासँग पनि थप गहिरो रूपमा जोडिएकी छन्।
मनोरञ्जन क्षेत्रमा आफ्नो अभिनय र सार्वजनिक पहिचानमार्फत स्थापित वर्षा शिवाकोटी का लागि यो सहकार्य केवल एउटा ब्रान्ड एन्डोर्समेन्टमा सीमित नभई नयाँ व्यावसायिक यात्राको सुरुवातका रूपमा हेरिएको छ।
एक अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्ड तथा संस्थासँग सहकार्य गर्ने अवसर पाएकी छु। तर, यसपटक म केवल ब्रान्डको अनुहारका रूपमा मात्र नभई संस्थाको विकास र यात्रासँग अझ नजिकबाट जोडिन चाहन्थेँ। स्वास्थ्यजस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर पनि हो,” वर्षा शिवाकोटी ले बताइन्।
मैले आफ्नो करियरमा आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित राख्नुभन्दा नयाँ क्षेत्रहरू सिक्ने र आफूलाई विस्तार गर्ने अवसरहरू खोजिरहेकी छु। MediQuest सँगको यो सहकार्यले मलाई healthcare sector लाई नजिकबाट बुझ्ने र आफ्नो अनुभव तथा creativity लाई एउटा फरक क्षेत्रमा प्रयोग गर्ने अवसर दिएको छ,” उनले भनिन्।
उनका अनुसार भविष्यमा मनोरञ्जनसँगै व्यवसाय, ब्रान्ड विकास र उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो भूमिकालाई विस्तार गर्दै लैजाने उनको योजना छ।
MediQuest सँगको यो सहकार्यले वर्षा शिवाकोटी को अभिनेत्रीका रूपमा स्थापित करियरसँगै उनको नयाँ व्यावसायिक तथा उद्यमशील पहिचानलाई पनि थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया