Bisal Chautari Logo

चलचित्र ‘१२ गाउँ २’को फस्ट लुक्स सार्वजनिक

- २७ भाद्र २०८३, शनिबार २१:५० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २७ शनिवार।
हुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० मा फूलपातीमा रिलिज हुने काठमाडौं — बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली र आकर्षक एक्सन लुक्स सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता भट्टको कसिलो तथा मांसपेशीयुक्त शरीर र आक्रामक तवरको एक्सन अवतार देख्न सकिन्छ, जसले चलचित्रमा उनको दमदार प्रस्तुतितर्फ संकेत गर्छ। बिराज भट्ट फिल्म प्रोडक्सन (प्रा.) लिमिटेडको प्रस्तुति रहेको यस चलचित्रकी निर्माता सरस्वती भट्ट हुन् भने यसको निर्देशन बिराज भट्टले गरेका हुन्। चलचित्रमा समीर भट्टसहित बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्टा, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहनेछ।

यसै फिल्ममार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले नयाँ कलाकारको रूपमा डेब्यु गर्दैछन्। चलचित्रमा सन्तोष सरकारको कथा र महेश पौडेलको डिपी (छायांकन) रहेको छ। प्राविधिक तर्फ मुख्य सहायक निर्देशकहरूमा योगेन्द्र सिंह र चन्द्र प्रसाद भट्टराई, प्रोडक्सन हेडमा प्रणव सुबेधी तथा प्रोडक्सन म्यानेजरमा भिम पौडेल र रमेश खड्का रहेका छन्। त्यस्तै, ड्रेस डिजाइन ज्योती केशी, मेकअप डिके हमाल र हेयर डिजाइन मेघा शाहीले गरेका छन्। संगीत पक्षतर्फ युग भुसाल र डिपी खनालको संगीत रहेको यस फिल्ममा सुगम पोख्रेल, निशान भट्टराई, समिक्षा अधिकारी, प्रेरणा सिंह र किरण भुजेलले स्वर दिएका छन् भने म्युजिक कम्पोजर देबेन्द्र बराल हुन्। ब्याकग्राउन्ड म्युजिक काला चरण र साउन्ड डिजाइन यम गुता गुरप्पाले गरेका छन्। चलचित्रको सम्पादन बान्दे प्रसाद र सह-सम्पादक उमेश थापा हुन् भने सिनेम्याटिक ग्राफी राम केसी र राजु लामाले सम्हालेका छन्।

नृत्य निर्देशन रामजी लामा र सियोन श्रेष्ठको रहेको छ भने द्वन्द्व (एक्सन) निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्। टिजर सन्देश शाहले तयार पारेका हुन् भने आर्टमा अक्की थेक्पा र राजेश लेप्चा रहेका छन्। यसको कलर प्रकाश रुद्र र पोस्टर डिजाइन आइडियल डिजाइनरले गरेका हुन्। सहायक निर्देशक तथा क्ल्यापमा विनिसा सेवा रहेकी छिन्। काफिया फिल्म्स र कुबेर सिनेमाले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर आरटी इन्टरटेन्मेन्ट (RT Entertainment) रहेको छ भने डबिङ ग्लोबल रिल मोसन पिक्चर्स रहेको छ। यो चलचित्र आगामी असोज ३० गते (अक्टोबर १६) अर्थात् दशैंको फूलपातीको अवसर पारेर देशव्यापी रूपमा सिनेमाघरहरूमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया