
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २७ शनिवार ।
चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु भएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको पहिलो एपिसोड शुक्रबार राति प्रसारण भएको हो।
धुर्मुस–सुन्तली मिडियाको निर्माणमा तयार भएको यो सिरियल अब हरेक शुक्रबार राति ८ बजे प्रसारण हुने निर्देशक, लेखक तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन्। सिरियल धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ।
पहिलो एपिसोड सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै कट्टेलले अमेरिकाबाट नेपाली भाषामा हरेक साता नियमित रूपमा सिरियल प्रसारण गर्ने प्रयास चुनौतीपूर्ण भए पनि आफूहरू त्यसका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन्।
‘अमेरिकाबाट हरेक साता प्रसारण हुने गरी कुनै पनि सिरियल आएको रैनछ। यहाँ कलाकार र प्राविधिक टिमको समय मिलाउन पनि गाह्रो पर्छ,’ उनले भनेका छन्, ‘तर पनि टिम बनाएर हरेक साता प्रसारण हुने गरी काम गरेका छौं।’
उनका अनुसार सिरियलमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको रहनसहन, दैनिक जीवन, संघर्ष, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र प्रवासी जीवनका विविध पक्षलाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गरिनेछ। अमेरिकामा नेपालीहरूले भोगिरहेका वास्तविक परिस्थितिलाई मनोरञ्जनसँग जोडेर दर्शकमाझ पुर्याउने प्रयास सिरियलमा गरिएको निर्माण पक्षको भनाइ छ।
अमेरिकामा नेपाली जीवनको कथा
नर्थ क्यारोलाइनाको राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा छायांकन गरिएको सिरियलले अमेरिकामा रहेका नेपाली समुदायको जीवनशैलीलाई कथाको मुख्य आधार बनाएको छ।
अमेरिका पुगेपछि नयाँ परिवेशमा घुलमिल हुनुपर्ने अवस्था, भाषा र संस्कृतिको चुनौती, रोजगारी तथा व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच, नेपालीपन जोगाउने प्रयास र समुदायभित्रका विविध गतिविधिलाई कथामा समेटिएको निर्माण पक्षले जनाएको छ।
त्यससँगै अमेरिकामा नेपाली समुदायले हासिल गरेका सफलता, अवसर र उपलब्धिका साथै प्रवासी जीवनका चुनौतीलाई पनि हास्य र व्यंग्यको शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। यसले अमेरिकामा बस्ने नेपाली दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोडिन सक्ने विषय दिने अपेक्षा गरिएको छ भने नेपालमा रहेका दर्शकलाई अमेरिकामा नेपालीहरूको जीवनशैली बुझ्ने अवसर प्रदान गर्ने निर्माण पक्षको विश्वास छ।
धुर्मुस–सुन्तलीकै चर्चित पात्र
सिरियलमा सीताराम कट्टेल र कुञ्जना घिमिरे आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिएका छन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन्।
‘होस प्रसाद’, ‘मिस्टर फन्टुस
प्रतिक्रिया