
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ९ मंगलवार। असोज १६ बाट प्रर्दशनमा आउने चलचित्र चंगुलले सेन्सर बोर्ड बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र हेर्न कुनै पनि उमेरसमुहलाइ रोकतोक हुने छैन । गतबर्ष भएको आन्दोलन लगायतका समसामहिक बिषयमा तयार चलचित्र चंगुलले राजनितिक कथा संगै हरेक घरको अवस्थालाइ पर्दामा उतारेको छ ।
मालति कार्किको निर्माण एवं राम गौतमको निर्देशनमा तयार यस चलचित्रमा रबि कार्कि , लय संग्रौला , लक्ष्मिनाथ तिमल्सिना , राकेश कुमार राइ , आशा बिश्वकर्मा ,स्वस्तीका लामिछाने,कृष्ण रसाल,रोहित ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै चलचित्रमा बालकलाकार रिम्शा कार्किको पनि अभिनय रहेको छ । चलचित्रका गीतमा बिपिन आचार्य , नन्दनी अधिकारी तथा बिक्रम कार्किको संगीत रहेको छ भने देब महर्जनको द्वन्द्व दिपेन बस्न्यात को छायाङ्कन सम्पादन रहेको छ ।



प्रतिक्रिया