
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ आषाढ १ सोमवार। निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘अक्षरा’ को तिज गीत “नाँचाैं न बरि लै” काे छायांकन गरिएको छ । काठमाडौंकाे गाेकर्णस्थित उत्तरबाहिनी मन्दिरमा साेमबार गीतकाे छायांकन गरिएकाे हो । छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएकाे थियाे ।
गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीकाे संगीत र सुरेन्द्र राणाकाे शब्द छ । स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वर राज तण्डुकारकाे एरेन्ज मिक्सिङ मास्टरिङ छ । गीतमा चलचित्रका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाकाे अभिनय छ। उनीहरूलाई काेरियाेग्राफर रामजी लामिछानेले नचाएका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म भदौ २६ गते रिलिज हुँदैछ । यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय छ। चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय छ।
चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस चलचित्रमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।
चलचित्रको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यस चलचित्रलाई नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगालले वितरण गर्नेछन्। चलचित्रको मुख्य सहायक निर्देशकमा दिवस बोहरा र सहायक निर्देशकमा मनोज बोहरा रहेका छन्।
निर्देशक विनयराज पौडेलले यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। लामो अनुभवपछि उनले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशनमा पाइला चालेका हुन्।
प्रतिक्रिया