
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ चैत्र १८ बुधवार। जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’डिजिटल प्लेटफर्म म्युजिकमा शिर्षक स्थानमा पुगेको छ। युटुब तथा डिजिटल प्लेटफर्ममा रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङ वानमा पुग्न सफल भएको हो। ओएसआरबाट रिलिज भएको यस गीत अझै शिर्षस्थानमा नै रहने देखिन्छ।
भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। सौगात मल्ल र तेरियाले मज्जाले कम्मर मर्काएका छन् भने दयाहाङलाई अभिनय गराइएको छ। लोकलयको गीत भएर पनि होला दर्शकल स्रोताले अत्यधिक रुचाएका छन्। श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा रहेको यस गीतको शब्द र संगीत पनि गायक मल्लकै रहेको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी र गाउँले परिवेशको कथालाई दर्शकले रुचाउनेमा निर्माण पक्षको विश्वास छ।
जनक घर्ती मगरले निर्माण गरेको फिल्म‘मितज्यू’लाई निर्देशक अनिल बुढा मगरले निर्देशन गरेका हुन्। साथै यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको,सम्पादक लोकेश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन।
फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
प्रतिक्रिया