Bisal Chautari Logo

बसन्त थापा र सुनितामी परियारको ‘माया हिरिक्कै’ सार्वजनिक

- ७ चैत्र २०८२, शनिबार २२:२२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ चैत्र ७ शनिवार।
लोकप्रिय सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत सार्वजनिक भएको छ । ‘माया हिरिक्कै’ बोलको गीतको भिडियो सुनितामी परियार युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको अडियोमा नवराज पन्तको शब्द छन् भने बसन्त थापाकै संगीत रहेको छ । एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गम्भिर बिष्टले निर्देशन गरेको गीतको भिडियोमा लोकप्रिय नायक पल शाहले अभिनय गरेका छन् । पलसँगै गायिका सुनितामीको पनि अभिनय रहेको छ । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् । शुक्रबार साँझ सार्वजनिक गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी छिन् । बि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर साँगितीक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झण्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका ‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’, ‘मेरो बुडाको के मिलेन’ लगायतका गीत हिट छन् । 

प्रतिक्रिया