Bisal Chautari Logo

गाउँघरको यथार्थ झल्काउँदै ‘परालको आगो’को टिजर सार्वजनिक

- २५ फाल्गुन २०८२, सोमबार २३:३८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ फागुन २५ सोमवार।
सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को टिजर रिलिज भएको छ। निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो।
टिजरमा श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भुमिकामा रहेका छन्। श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन्। जहाँ छिमेकीको रुपमा रहेका सौगात मल्ल र उनकीश्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खाल्का कुरा प्रकाशले गर्छन्।
नेपाली समाजको यथार्थ घटनालाई टिजरमा देख्न सकिन्छ। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथालाई फिल्मको टिजरले प्रस्तुत गर्न खोजेको छ।

टिजरमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुत र सौगात मल्ललाई प्रस्तुत गरिएको देख्न सकिन्छ।
हिजो मात्रै निर्माण टिमले नारी दिवसको अवसर पारेर नेपाली गाउँघरको मौलिकता झल्काउने पोस्टर सार्वजनिक गरेको थियो।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
सुशील पोखरेलको लगानी रहेको यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्।

फिल्ममा संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने रंग संयोजन कनाल कँवरको छ।
त्यसै गरि यो फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाको रहने छ भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ। मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।
यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।
यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ।  सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभर वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिकन नयाँ र उत्कृष्ट रुपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए। फिल्म आगामी बैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया