Bisal Chautari Logo

प्रदर्शनित चलचित्र ‘मिरमिरे’ :- दयाहाङ राई

- ३ माघ २०८२, शुक्रबार २१:४७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ २ शुक्रवार।
 दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर यो चलचित्र प्रदर्शनमा आएको हो ।

बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन् ।

‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको छ ।

प्रतिक्रिया