
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ मंसिर २३ मंगलवार। प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ।
छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।
गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले फिल्मले दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिन सफल हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया