
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ कार्तिक २८ शुक्रवार। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ ।
यो सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । निर्माण टिमले हालसम्म कति व्यापार गर्यो भन्ने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् । नेपालभरका सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्मका हलमा टिकट बिक्रि गर्ने अफिसियल वेवसाइट हेर्दा सिनेमाकाले आक्रामक व्यापार गरेको देख्न सकिन्छ । गत मंगलबारबाट यो सिनेमाको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ ।
सिनेमाका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाह अनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याइएको बताउँछन् । दर्शकमाझ ‘डिरेक्टर्स कट’ले उत्साह पैदा गर्दै उत्कृष्ट प्रतिक्रिया पाइरहेको समाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट देख्न सकिन्छ । निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्रै पूर्वीनेपालका दर्शक साक्षात्कार सकेर काठमाडौं फर्केका थिए ।
पूर्वीनेपालमा दर्शक साक्षात्कारमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक सुब्बा र अभिनेत्री मगरको भनाई छ । यो सिनेमाले देशभरमा नै राम्रो व्यापार गरेपनि विशेषगरी पूर्वी नेपालमा भने विष्फोटक व्यापार गरिरहेको छ । लिम्बु समुदायको कथामा निर्माण भएको सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
प्रतिक्रिया