Bisal Chautari Logo

खोटाङमा शिशु हत्या गरेर फाल्ने आमा कारागार चलान भएपछि २ नाबालक बिचल्ली

- २९ श्रावण २०७१, बिहीबार ०८:२८ मा प्रकाशित


khotang news yamkha
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २९ विहिबार । परपुरुषसँगको यौन सम्बन्धबाट जन्मिएको शिशु मारेर फाल्ने खोटाङकी एक महिला कारागार चलान भएकी छन् । शिशु जन्मनासाथ मारेर फालेको आरोपमा पक्राउ परेकी याम्खा–५ की २८ वर्षीया उमिता परियार कारागार चलान भएकी हुन् ।khotang news yamkha
गत असार–२७ गते शिशु जन्मनासाथ मारेर प्लाष्टिकको पोकामा पारेर मकैबारीमा फालेको स्थानीयले जानकारी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नासाथ ज्यान मुद्धा चलाइएको परियारलाई जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेष्तेदार भीष्म प्रसाइँले जानकारी दिए । वैदेसिक रोगजारीको सिलसिलामा श्रीमान विदेशमा रहेको समयमा परपुरुषसँग यौन सम्बन्ध राख्दा गर्भ रहेको र सो पुरुषले साथ नदिएपछि जन्मनासाथ हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । परियारसँग यौन सम्बन्ध राख्ने पुरुषको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्धा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताए ।
परियारको दुई नाबालक छोरीछोरी छन् । आमा कारागार चलान भएपछि उनीहरुको बिचल्ली भएको स्थानीय राजु मुग्रातीले जानकारी दिए ।

प्रतिक्रिया