Bisal Chautari Logo

चलचित्र ‘एक्टर’को छायांकन  ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

- ४ श्रावण २०८१, शुक्रबार १७:०३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ श्रावन ४ शुक्रवार 
 
छायांकन अगावैबाट चर्चामा रहेको चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ‘समय लगाएरै चलचित्रको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । चलचित्र कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,’ निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो चलचित्र हो । राजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो चलचित्रको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।  चलचित्रका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो चलचित्र यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । चलचित्रको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

प्रतिक्रिया