
बलिउड गत वर्ष २०१३ को कमाई सात चलचित्रको कलेक्सन गर्दा १०० करोड भन्दा बढिको व्यापार गरेको छ । जसमध्ये तीन चलचित्रले २०० करोडको व्यापार गरेका थिए । चलचित्रको कमाइको बिच बलिउडका दुई कलाकार यस्ता रहे, जस्ले आफ्नो एक्टिङबाट बलउड चलचित्र उद्योगका फ्यानहरुलाई आकर्षित बनाए । यि दुइ कलाकारहरु हुन्, अभिनेता फरहान अख्तर र अभिनेत्री दीपिका पादुकोण । फिल्मफेयर अवार्डको क्रममा यी दुई स्टार कलाकारका रुपमा प्रस्तुत भए । यहि कारणले बलिउडको चर्चित फिल्मफेयर म्यागेजिनले पनि आफ्नो कभर पेजमा फरहान र दीपिकालाई राखेका छन् । 
मुम्बईमा एक भव्य कार्यक्रमको क्रममा यस चोटिको फिल्मफेयर म्यागेजिन यहि दुई अभिनेता फरहान र दीपिकाले बिमोचन गरेका थिए । म्यागेजिनको कभर पेजमा फरहान र दीपिकाको तस्विर रहेको छ । यय बिमोचनको क्रममा म्यागेजिनका सम्पादक जितेश पिल्लईपनि उपस्थित भएका थिए । म्यागेजिन बिमोचनमा उपस्थित भएकी अभिनेत्री दीपिकाले ह्वाइट रङको ड्रेसमा उपस्थित भएकि थिइन्, भने अभिनेता फरहानले लाइट ब्लु रङको जिन्समा उपस्थित भएका थिए । 
फिल्मफेयर अवार्डको क्रममा अभिनेत्री दीपिका पादुकोणलाई चलचित्र ‘गोलियो की रसलीला राम–लीला’बाट बेष्ट अभिनेत्रीको अवार्ड मिलेको थियो । उता अभिनेता फरहान अख्तरलाई भने चलचित्र ‘भाग मिल्खा भाग’बाट बेष्ट अभिनेताको अवार्ड मिलेको थियो । यति मात्र होइन, यो चलचित्रलाई सर्वाधिक अवार्डपनि मिलेको थियो ।
प्रतिक्रिया