
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १७ शनिवार ।
तिम्रो साथ पाए पटुकी कसम्ला
बरु आधा पेट खाएरै बसम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाउ न माया देसी रेलैमा
यतिबेला विश्वनै कोरोनाको कहरमा छ । यसबाट नेपाल अछुतो रहने कुरै भएन । परिस्थिती जस्तोसुकै विषम किन नहोस् । जिवन यात्रा अविरल चलिरहन्छ । यो समयमा राम्रा अनी मौलिकता झल्काउने हाम्रा गीत संगीतले केही राहत दर्शकलाई दिएको छ । यही मान्यतामा लोकदोहोरी र तीज गायनको अब्बल नाम सुनिता दुलालले कोरोना कहरलाई चिर्दै आफ्नो नयाँ सिर्जना सार्वजनिक गरेकी छन्, ‘बेसी मेलैमा… ।’ सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गीत मायाप्रेमले ओतप्रोत मात्र छैन्, युवाहरुलाई मातृभूमिमै बसेर कुटोकोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । गीतले भन्छ ।
सरकारी बिउ र अनुदान आउँछ रे
सुनेकी थिए तालिम नि पाउँछ रे
दहीको ठेकी बोकेर देशी रेलैमा
नजाउ न माया देशी रेलैमा
पश्चिमेली शैलीको लोकभाकाले लिपपोत गरिएको गीत सुनिता दुलाल र खुमन अधिकारीको स्वरमा सजिएको छ । करिब १० मिनेट लामो भिडियो काठमाण्डांै सेरोफेरो छायांकन गरिएको हो । कलाकारहरु दिलिप रायमाझी, नम्रता सापकोटाको अभिनय रहेको भिडियोमा स्वयं सुनिता दुलाल र खुमन अधिकारीलाई पनि हेर्न पाइनेछ । नेत्र अर्यालको शब्द, खुमन अधिकारीको लय, ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।
जाउँ हिड सँगै खोरिया फाडम्ला
सुख र दुःख सँगसँगै बाँडम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाउ न माया देसी रेलैमा
Bisalchautari TV Video
प्रतिक्रिया