chhakka panja 3 movie released
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २४ बुधबार । वर्ष ०७५को सार्वाधिक पर्खाइमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ आज अर्थात घटस्थापना असोज २४ गतेबाट रिलिज भएको छ ।
दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, शिवहरी पौडेल, संजोग कोइराला, प्रियंका कार्की, निर शाह लगायत दर्जन बढी कलाकारको अभिनय छ ।
चलचित्र ‘छक्का पन्जा ३’लाई नेपालभरका मल्टिप्लेक्समा उच्च शो मिलेको छ । काठमाण्डौमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले मात्र यसलाई ३० शो दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रले उच्च शो पाएको छ ।
क्यूएफएक्सले आफ्ना देशभरका ८ वटा स्टेशनमा ५५ शो यो चलचित्रलाई दिएको छ । चलचित्रले शो मात्र उच्च पाएको छैन, बुकिङ पनि आक्रामक छ । क्यूएफएक्स चेनका लबिल मल, सिभिल मलमा यो चलचित्रले पाएको १५ शो नै भरिने क्रममा रहेका छन् ।
चलचित्रको बुकिङ उच्च भएको खण्डमा, यसले अहिलेसम्मकै आक्रामक ओपनिङ गर्नेछ । चलचित्रलाई एफक्यूबले ११ शो, क्यूजले ११ शो, बीग मुभिजले १० शो दिएको छ । देशभरबाट करिब ११० शो बुकिङका लागि खुल्ला गरिएको छ । घटस्थापनाको बिदामा चलचित्रको ओपनिङलाई लिएर अहिले अड्कलबाजी सुरु भएको छ । चलचित्रले ठूला भनिएका हिन्दी चलचित्रले पाउने शो मल्टिप्लेक्समा पाएको छ ।
चलचित्रमा समावेश पहिलो नम्वरमा गीत सुपरहिट भैसकेको छ । चलचित्रमा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ । चलचित्रको वर्ड अफ माउथ राम्रो भएको खण्डमा यो चलचित्रले धेरै रेकर्डहरु राख्ने पक्का छ ।
प्रतिक्रिया