Bisal Chautari Logo

खाना नपकाएको भन्दै आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या

- ३ फाल्गुन २०७४, बिहीबार ०९:४८ मा प्रकाशित


Killing wife of her husband saying she did not eat food
विशाल चौतारी समाचार ।
भीमदत्तनगर, २०७४ फाल्गुन ३ बिहिबार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् ।
“घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ ।” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो, “सम्झाउने क्रममा विवाद हँुदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया