Kulman is the most consumed person on mobile
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ २२ सोमबार । नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षमै सबैभन्दा बढी खर्च गरेका छन् । टेलिकमले व्यक्तिगततर्फ खर्च गर्नेमा उनी अग्रस्थानमा रहेको भन्दै सम्मान गरेको छ ।
फाइल फोटो
नेपाल टेलिकमका अनुसार घिसिङले एक वर्षमा एक लाख ९७ हजार रुपैयाँ खर्चेका छन् । यस्तै, संस्थागततर्फ सूर्य नेपाल सबैभन्दा अगाडि देखिएको छ । सूर्य नेपालले गत वर्ष नौ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ ।
प्रिपेड सेवातर्फ भने पुष्प दुलालले सबैभन्दा बढी खर्च गरेको टेलिकमले जनाएको छ । उनले वर्षदिनमा ६४ हजार रुपैयाँ खर्चेका छन् । टेलिकमले धेरै ब्यालेन्स खर्च गर्ने ग्राहकहरूलार्इ सोमबार वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ ।
प्रतिक्रिया