Bisal Chautari Logo

अर्नाको आक्रमणबाट मृत्यु

- २ माघ २०७४, मंगलवार ११:१४ मा प्रकाशित


Death from Arena’s Attack
विशाल चैतारी समाचार
इनरुवा, २०७४ माघ ०२ मंगलबार । अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ ।

               फाइल फोटो

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिनुभयो ।
अर्नाको आक्रमणबाटस्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएकामा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

प्रतिक्रिया