Bisal Chautari Logo

गाउँपालिका वडाध्यक्षले यसरी चलाउछन् चारवटा कोठी ‘यौनगृह’

- १० पुष २०७४, सोमबार १०:४३ मा प्रकाशित


Four Kothi ‘Sapphire’
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १० सोमबार । गाउँपालिका वडाध्यक्षले नै भारतका विभिन्न ठाँउमा चारवटा कोठी ‘यौनगृह’ संचालन गर्दै आएको छ ।
                                                                                                                            फाइल फोटो

नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका छन्। तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ुसिआईबीुले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीका अनुसार तामाङले भारतका नयाँदिल्ल कोलकाता र मुम्बाई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया