Bisal Chautari Logo

चुनाव बिथोल्न खोज्नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

- ४ मंसिर २०७४, सोमबार ०८:४७ मा प्रकाशित


Prime Minister’s instructions to arrest the person who is trying to break the election
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०४ सोमवार । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। पछिलो समया देशका बिभिन्न ठाँउमा वम विष्फोटको घटना बढेपछि यस्तो निर्देशन दिएको हो ।
                                                                                                                            फाइल फोटो

गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्। ’जनतालाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख कर्तव्य हो’, प्रधानमन्त्रीले भने, ’निर्वाचन बिथोल्न खोज्ने विप्लवसहित जुनसुकै समूहलाई एक एक गरी पक्राउ गरेर जेल हाल्नुपर्ने आवश्यकता बढेको छ।’
सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी छन्। प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि गोष्ठीमा सहभागी छन्।
प्रधानमन्त्री देउवाले विप्लव समूहबाट विभिन्न निर्वाचन क्षेत्रमा बुथ कब्जा गर्ने प्रयास हुने सूचना आएको भन्दै निर्वाचनलाई असर र्पुयाउने जस्तासुकै प्रयासलाई निस्तेज पार्नुपर्ने आवश्यकता औँल्याए।

 

प्रतिक्रिया