political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २० शुक्रबार । निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार एमाले पार्टीमा प्रवेश गरेकाछन् । उनले करिब ३० बर्ष प्रहरीमा बिताएका सिलवाल म माथि राजनीति भयो त्यासैले राजनीतिमा आए भन्दै एमाले पार्टीमा प्रवेश गरेका हुन ।
पूर्णिमाको दिन दशैँको टिका लगाउन, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका सिलवाल आज अैपचारीक रुपमै पार्टी प्रवेश गरेका छन् ।
राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममार्फत उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । हसिलो मुद्रामा कार्यक्रममा देखिएका उनलाई ओलीले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।
गत भदौ २७ गते सर्वोच्च अदालतले सिलवालले आफू प्रहरीको आइजी हुनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरिदिएसँगै डिआईजी पदबाट राजीनामा दिएका थिए ।
सलवालले आफू आइजीपी हुन योग्य रहेको भन्दै सर्वोच्चमा निवेदन दिएको भएपनि कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा तानिएका थिए ।
सर्वोच्चले सरकारले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय सदर गरेसँगै उनीमाथि लागेको किर्ते आरोपबारे पनि छानबिन हुनुपर्ने आवाज उठ्दै आएको थियो । यसरी एक विवादास्पद पूर्व प्रहरी अधिकारीमाथिको छानबिन टुंगोमा नपुग्दै उनी एमाले प्रवेश गर्न पुगेका हुन् ।
प्रतिक्रिया