Bisal Chautari Logo

पशुपति शर्मा भन्छन् – छक्का हान्छु

- १७ बैशाख २०७१, बुधबार १४:१९ मा प्रकाशित


pasupati sharma  and rameshraj bhatarai new song – Cricket khelna janchhu 
काठमाडौं, १७ बैशाख । पछिल्लो समय लोक दोहोरी संगीतका हिरो पशुपति शर्माले छक्का हान्ने चाहना व्यक्त गरेका छन् । तर उनले प्रतियोगीतात्मक क्रिकेटमा नभई आफ्नो नयाँ म्युजिक भिडियोमा चौकादेखी छक्का हान्ने चाहना व्यक्त गरेका हुन् । 
केही समय अगाडी ल्याएको ‘मलाई अमेरीका यै’ बोलको गीतका गायक पशुपति शर्माको केही दिन अगाडी मात्र सार्वजनिक भएको म्युजिक भिडियोको गीतको बोल भने यस्तो छ । ‘मोडल खेलेँ, मोडलमा फिट भइन, दोहोरी मात्रै गाएर हिट भइन, म अनि अब त क्रिकेट खेल्न जान्छु, नाम पनि हुने, दाम पनि हुने, च्याप्पै लौरो समात्छु र चौका छक्का हान्छु’ बोलको गीत रहेको छ । 
समसामयिक जीवनका घटनालाई टपक्कै टिपेर मिठो शैलीमा प्रस्तुत गर्न सक्ने सफल गायक शर्माले ‘क्रिकेट फिभर’लाई लोक गीतमा प्रस्तुत गरेका छन् । नेपालले बिश्वकपमा सहभागिता जनाएसँगै जताजतै क्रिकेटको क्रेज छ । यसै मेलोमा उनले एक दोहोरी कलाकारले क्रिकेटतिर मन लगाएको घटनालाई गीतमा उनेका छन् । सदाझैं गीतका शब्द निकै मामिर्क छन् । हास्य कलाकार सीताराम कट्टेल अर्थात धुर्मुसको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा गायक शर्मा आफैले अभिनय गरेका छन् ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया