how to chose good meat for dashain
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र ३० शुक्रबार । दशैंमा मासु उपभोग गरिने चौपाया खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका खरिद –विक्रीका कारोबार धेरै हुन्छ । तर कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् ।
त्यसैले दशैंमा चौपाया या माछामासु किन्दा विशेष ख्याल गर्नु आवश्यक छ । कतिपय अवस्थामा लुकाईछिपाई आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने हुन्छ ।
यस्तो अवस्थामा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ । हतारमा खरिद गर्ने, किन्नुअघि राम्रोसँग नहेर्ने हो भने रोगी चौपाया उपभोग गर्दा स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ ।
पशु स्वास्थ्य निर्देशनालयकी पशु चिकित्सक लुना डंगोल दशैंमा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ख्याल राख्नुपर्ने बताउँछिन् । ‘निर्देशनालयले आफ्नो तर्फबाट चौपायाको परीक्षण त गरिरहेकै हुन्छ,’ उनी भन्छिन्, ‘तर, उपभोक्ताले पनि खरिद गर्नेबेला ख्याल गर्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’
सिंग हेरेरमात्र किन्नुस् खसी
चौपायाको स्वास्थ्य परीक्षण गरी निर्देशनालयले रंग लगाउने गर्छ । निर्देशनालयका अनुसार पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।
यस्ता खसी हानिकारक
निर्देशनालयका अनुसार चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भए÷नभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्’ निर्देशनालयकी पशुचिकित्सक डंगोल भन्छिन्। ‘भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए÷नभएको थाहा हुन्छ ।’
निर्देशनालय आफैंले पनि उपत्यकाका मूख्य खसी बजारमा निरीक्षण गर्ने तयारी गरेको छ । ती स्थानमा विहान र बेलुका गरेर पशुचिकित्सक पठाईने निर्देशनालय बताउँछ । त्यस्तै, बेच्न राखेको मासुको पनि अनुगमन गरिने निर्देशनालय बताउँछ ।
प्रतिक्रिया