Bisal Chautari Logo

राजेशपायलले युटुव च्यानल सञ्चालनमा ल्याए

- १९ बैशाख २०७१, शुक्रबार १४:०८ मा प्रकाशित


rajesh payal rai youtube 
काठमाडौं, २०७१ वैशाख १९, शुक्रबार  नेपाली सुगम संगति तथा पाश्र्व गायनका नम्वर एक गायक राजेशपायल राईको अफिसिय युटुव च्यानल सञ्चालनमा आएको छ । 
आफ्ना फ्यानहरुका लागी सजिलोका लागी गायक राईले युटुब च्यानल सञ्चालनमा ल्याएको बताएका छन् । सुचना तथा आफ्नो बारेमा फ्यानहरुलाई सुसुचित गराउँन अगाडी रहेका गायक राईले आफ्नो युटुव च्यालनको नाम भने ‘दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.ली’ रहेको छ । आफ्नो पर्सनल युटुव च्यालनमा पछिल्ला एल्बमका गीत, विभिन्न देश विदेशमा गरिएको कन्र्सटहरुको भिडियोहरुलाई राखिने गायक राईले बताए । गायक राईको फेसबुक फ्यान पेजमा अहिले १ लाख भन्दा बढि फ्यानहरु फलोअर रहेका छन्, भने रहेक पलमा २० हजार भन्दाबढिले हेर्ने गरेका छन् । 
पछिल्लो समय विभिन्न स्वदेशकै कन्र्सटहरुमा व्यास्त गायक राजेशपायल राई केही समयपछि वल्ड टुरका लागी चाडै अष्ट्रेलिया, फिनल्याण्ड, क्यानडा, मलेसिया, कोरीयाको लागी साङ्गीतिक भ्रमणमा निस्कदैछन् । 

add

प्रतिक्रिया