Bisal Chautari Logo

प्रदिपको क्रेज यसरी देखियो || ‘प्रेमगीत २’को ओपनिङ आक्रामक (भिडियो सहित)

- १४ श्रावण २०७४, शनिबार १७:२२ मा प्रकाशित


Prem Geet-2 movie Pradeep Khadka and Aslesha Thakuri public crowd
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १४ शिनिबार । वर्ष ०७२ सालको सुपरहिट ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ले शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको छ । चलचित्रको व्यापार एकतिर छ भने, अर्को तिर अभिनेता प्रदिप खड्काको बढ्दो क्रेजको ।
Prem Geet-2 movie Pradeep Khadka and Aslesha Thakuri public crowdदेशभरका ८० पर्दामा रिलिज भएको यो चलचित्रले दुइ दिन आक्रामक ओपनिङ गरेको हल संचालक तथा वितरकहरुले बताएका छन् ।
शुक्रबार बिदाको दिन परेकाले पनि चलचित्र हेर्न दर्शक हलमा उर्लिएका थिए । शनिबार चलचित्रको व्यापार शुक्रबार भन्दा अझ बढी रर्‍यो । काठमाण्डौको प्राय सबै हलमा पुग्दा दर्शकको चाप उच्च देखियो । अभिनेता प्रदिप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरठ पाठक र निर्माता तथा कलाकार सन्तोष सेन हल–हलमा पुगेका थिए ।

उता अभिनेता प्रदिप खड्कासाग सेल्फी खिच्नका लागि फ्यानको भीड लागेको थियो । शुक्रबार पनि काठमाण्डौका सिंगल र मल्टिप्लेक्समा दर्शकको उच्च चाप देखियो । बर्मेली यूवती र नेपाली यूवकविचको प्रेमकथालाइ यो चलचित्रले उठान गरेको छ । चलचित्रको प्रस्तुती, लोकेशन, गीतसंगीत र नायक प्रदिपको क्रेजले पनि दुइ दिन हलमा दर्शक ओइरिएका हुन् ।
काठमाण्डौ बाहिरका मुख्य शहरमा पनि दर्शक चलचित्र हेर्न ओइरिएका छन् । पोखरा, चितवन, धरान, विर्तामोड, इटहरी, हेटौडा, वुटवल लगायतका शहरमा पनि चलचित्रले आक्रामक ओपनिङ गरेको वितरकले बताएका छन् ।
Prem Geet-2 movie Pradeep Khadka and Aslesha Thakuri public crowd (2)निर्माता सन्तोष सेनले दर्शकले सुखद प्रतिक्रिया दिएको भन्दै दुइ दिनमा चलचित्रको आक्रामक व्यापार भएको बताए । उनले, ‘प्रेमगीत २’ लामो समयसम्म चल्ने आशा राख्दै दुइ दिने व्यापारबाट आफू अत्यन्त खुशी भएको बताए । सेनले आफूहरुले लामो गरेको मिहिनेत दर्शकले रुचाइ दिनुभएको भन्दै खुशी व्यक्त गरे ।

Prem Geet-2 movie Pradeep Khadka and Aslesha Thakuri public crowd (1)

प्रतिक्रिया