khotang news
रासस
खोटाङ, २०७४ श्रावण १४ शिनिबार । जिल्ला समन्वय समिति नौ सदस्यीय बनाइने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिएको प्रथम जिल्लासभाको पहिलो बैठकले सो निर्णय गरेको हो ।
जिससका पदाधिकारी चयनका लागि यही साउन २० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । जिससका क्रममा दुई नगरपालिका र आठ गाउापालिकाका प्रमुख र उपप्रमुख गरी २० जनाले मत दिन पाउने कार्यालयका नासु चरिन्द्रप्रसाद आचार्यले बताए ।
सो दिन बिहान ८ देखि अपराह्न ६ बजेसम्म मतदान हुने जिसस निर्वाचन कार्यालयले जनाएको छ । नेकपा (एमाले) को १२, नेपाली कांग्रेसको सात र नेकपा (माओवादी केन्द्र) को एक मत छ । दश तह रहेको जिल्लामा एमाले पााच, कााग्रेस चार र माओवादी केन्ऽले एक तहमा विजय हासिल गरेका छन् ।
तस्बिर : अनलाइनखबरबाट साभार गरिएको हो ।
प्रतिक्रिया