Bisal Chautari Logo

पत्रकार एमपीको निर्देशनमा अनिलाको ‘ए साइला’ सार्वजनिक (भिडियो हेर्नुस्)

- ७ बैशाख २०७४, बिहीबार १९:०४ मा प्रकाशित


Anila Rai song Saila Nepali Letest Song Feat. Nisha and Dikpal
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ७ बिहिबार । सांगीतिक बजारमा यतिखेर सााइला–सााइलीको चर्चा छ, जसले पक्कै गाउाघर तथा प्रदेशिएका कति सााइला–सााइलीहरु फुरुंग भएको पनि हुनसक्छ ।
Anila Rai song Saila Nepali Letest Song Feat. Nisha and Dikpalयसैबेला अर्को सााइला सार्वजनिक भएको छ । गायिका अनिला राईले प्रदेशिएका सााइलाहरुलाई यसरी गीतमार्फत सम्झिेकी छन् जबकि, यो गीत तथा भिडियो हेरे/सुनेपछि हरेक सााइलाहरुको मन पगाल्नेछ ।
अनिलाको ‘ए, सााइला‘’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ रिलिज गरिएको यस गीतमा आफू गाउाघरमा घाासपात गर्दै प्रदेशिएका आफ्ना सााइलालाई प्रेमभावपूर्ण सम्झिएको छ ।
पत्रकार एमपी सुब्बाले निर्देशन गरेको यस भिडियोमा सााइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका सााइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् । थुप्रै म्युजिक भिडियो तथा केही नेपाली चलचित्रमा अभिनय गरिसेकी निशाले यस भिडियोबाट धेरै अपेक्षा गरेको सुनाइन् ।
भिडियो रिजिलकै दिन शनिबार आफ्नो जन्मदिन मनाएकी निशाले भनिन्, ‘यो भिडियो मेरो लागि विशेष बनेको छ । र, यस भिडियोबाट मेरो मोडलिङ करिअरमा धेरै अपेक्षा पनि गरेकी छु ।’ निशालाई कार्यक्रममा जन्मदिनसागै भिडियोको सफलताको लागि शुभकामना दिनेहरुको भीड लागेको थियो । यस भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको पनि अभिनय हेर्न सकिन्छ ।
फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए सााइला’ को शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डक्टर किरातको रहेको छ ।
एक दशकदेखि बेलायतका बस्दै आएकी गायिका अनिलाको यो पछिल्लो एल्बम ‘स्वरांकन’ मा समावेश गीत हो, ‘ए सााइला’ । आफू प्रदेशिएर प्रदेशिएकैहरुका लागि उनले यो गीत गाएकी छन् । जुन गीत दर्शक तथा श्रोताले रुचाउाने उनको विश्वास छ ।

Saila…, by Anila Rai, अनिला राईको साईला Nepali Letest Song Feat. Nisha /Dikpal

Vocal: Anila Rai
Music: Daktar Kirat
Lyrics: Hem Kumar Rai
Album: Swarankan
cast : Nisha Limbu Pomu/Dikpal Karki
Camera: Nabin Babu Gurung
Makeup : Gaura Rai
Edit: bikash dhamala
Direction: MP Subba

प्रतिक्रिया