LV Revanth is the winner of Indian Idol 9
विशाल चौतारी समाचार
ऐजेन्सी, २०७३ चैत २१ सोमबार । सोनी इन्टरटेन्मेन्टमा आउने सिंगिङ रियालिटी शो इन्डियन आइडले आफ्नो नवौं संस्करणको बिजेता चुनेको छ ।
विशाखापत्तनमका २७ वर्षीया लोला वेंकट रेवन्त कुमार शर्माले सानो पर्दाको सिंगिङ शो जितेका छन् । मुक्तसर पंजाबका खुदाबक्स दोस्रो र हैदरावादका पी वी एन एस रोहितले तेस्रो स्थान पाए ।
एलवी रेवन्तले इन्डियन आइडलको उपाधि हाासिल गर्ने प्रशंसकहरुले अनुमान गरिरहेका थिए । केही मानिसहरुले रेवन्तको नाम सोसल मिडियामा पहिलेदेखि नै विजेताको रुपमा घोषणा गरिसकिएको थियो ।
रेवन्तलाई चर्चित क्रिकेटर सचिन तेन्दुल्करले उपाधि हस्तान्तरण गरे । सचिनको तर्फबाट सम्मान पाएर रेवन्त निकै खसी देखिएका थिए । कार्यक्रममा सचिनले ब्याट र बलसहित प्रवेश गरेका थिए ।
प्रतिक्रिया