Bisal Chautari Logo

पल र आँचलको ‘तिमी विना मान्दैन’ || ‘जोनी जेन्टलमेन’को अफिसियल गीत रिलिज (भिडियो)

- २० चैत्र २०७३, आईतवार १३:१४ मा प्रकाशित


Paul Shah and Aachal Sharma movie JOHNNY GENTLEMAN Song Timi Bina Mandaina
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २० आइतबार । म्युजिक भिडियो निर्देशनमा सफल मानिएका निर्देशक नितिन चन्दले पहिलो चोटी निर्देशन गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा अभिनेता पल शाह र अभिनेत्री आचल शर्मालाई फिचरिङ गरिएको छ ।
Paul Shah and Aachal Sharma movie JOHNNY GENTLEMAN Song Timi Bina Mandainaआज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पल र आँचललाई फिचर गरिएको ‘तिमी विना मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
निर्देशक नितिन चन्दले आफू म्यूजिक भिडियो निर्देशनबाट बाहिर आएर यो गीत निर्माण गरेको बताए । त्यस्तै अभिनेता पल शाहले चलचित्रमा आफू पल भन्दापनि जोनीको रुपमा देखिएको र चलचित्र चलेपछि दर्शकले पलको ह्याङ विर्सने बताए । यसै चलचित्रबाट निर्माताको रुपमा आएका एन्ड्रेउ पौडेलले ‘जोनी जेन्टलम्यान’को लगानी १ करोड भन्दा माथि भएको बताए ।
योर स्टाइल पिक्चर्ससाग एजी इन्टरटेन्मेन्टले सहकार्य गर्दै यो चलचित्रको निर्माण गरिएको हो । सार्वजनिक गरिएको गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत छ ।
Paul Shah and Aachal Sharma movie JOHNNY GENTLEMAN Song Timi Bina Mandaina-1गीतको छायांकन भारतका विभिन्न स्थानमा गरिएको छ । गीतको लोकेशन उत्कृष्ट छ । गीतमा पल र आाचलको केमेष्ट्री गजबको देखिएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रलाई एन्ड्रेउ पौडेलले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन् भने संजु शाह सह(निर्माता हुन् । चलचित्रमा केशव थापा र सरिता रााचलको कोरियोग्राफी, रुपेश थापाको छायांकन छ ।
यो चलचित्र जेठ १९ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको बताइएको छ ।

Timi Bina Mandaina – New Nepali Movie JOHNNY GENTLEMAN Song Ft. Paul Shah, Aachal Sharma

UR Style Pictures In Associate With AG Entertainment Presents!
New Nepali Movie JOHNNY GENTLEMAN
Song Title : Timi Bina Mandaina
Singer/Lyrics/Music Arranger : Hercules Basnet

Casts : Paul Shah, Aachal Sharma
Music : Hercules Basnet, Brijesh Shrestha, Swachit Shakya
Publicity Design : Shann Thapa
Media Co-Ordinator : Dinesh Sitaula
Costume Designer : Uttam Banepali
Motion Graphics : Vijay Bashyal
Production Design : Yam Oli
Choreographer : Keshav Thapa, Sarita Rajchal
Di Colorist : Kapil Parajuli
Action Choreographer : Paras Bikram Shah
Chief Asst. Director : Dinesh Rawat
Dialogue/Story/Script : Mahesh Dawadi
Online Editor : Rupesh Khadka
Cinematography : Rupesh Thapa
Editor : Nabin Niraula
Co-Producer : Sanju Shah
Exe-Producer : Ajay Malla Thakuri
Producer : Andrew Poudel
Director : Nitin Chand
Releasing On 19th Jestha 2074, 2nd June 2017

प्रतिक्रिया