Sanjok Yonjan song Mhendo Maya Ft. Sonam Pakhrin and Sumi
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत ७ सोमबार । विगत १७ वर्ष अगाडीदेखी नेपाली साङ्गीतिक क्षेत्रमा गायन, संगीत तथा शब्द सृजनामा लागेका सृष्ठा हुन्, सञ्जोक योञ्जन । नेपाली साङ्गीतिक क्षेत्रले के दियो भन्ने भन्दापनि नेपाली साङ्गीतिक क्षेत्रलाई के दिए भन्ने सोच राख्ने गायक सञ्जोकले केही दिन अगाडी मात्र ‘म्हेन्दो माया’ बालको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । अमेरीकाबाट केही महिना अगाडी आएर यो गीत सार्वजनिक गरेका हुन् ।
राजन ईशानको एरेन्जमेन्टमा तयार भएको गीतमा शब्द तथा सगीत गायक स्वयं योन्जनकै रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक सञ्जोक योञ्जनले भने – ‘धादिङ, नुवाकोट रसुवा जिल्लाको तामाङ गाउमा बोलीने ‘म्हेन्दो माया’ थेगोलाई मैले गीतमा उतारेको हु । म्हेन्दो शब्दको अर्थ चाही फुल हो । म्हेन्दो माया को अर्थ चाही फुल मायाँ हो ।’
भिडियोमा चर्चित भिजे एवं कुशल गायक सोनाम पाख्रीन र मोडल सुमि मोक्तानको अभिनय रहेको छ । भिडियोलाई अहिलेका व्यस्त निर्देशक पासाङ योन्जन लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, सागर तामाङको कोरियोग्राफी र सिमा गुरुङको श्रृंगार रहेको छ ।
गायक सञ्जोक योञ्जनले ३ वर्ष अगाडी ‘सगुन’ नामक एल्बम सार्वजनिक गरेका थिए । सो एल्बमको ‘आलु र तामा’ बोलको गीत दर्शकहरुले अत्याधिक रुचाएका थिए ।
New Nepali Lok Pop Song “Mhendo Maya” by Sanjok Yonjan featuring Sonam Pakhrin and Sumi
Lyrics and Music: Sanjok Yonjan
Arranger: Rajan Ishan
Model: Sumi and Sonam Pakhrin
Make Up Artist: Seema Gurung
Choreography: Sagar Tamang
Camera: Gyanendra Sharma
Edit: Prabin Shrestha
Direction: Pasang Yonzon Lama
प्रतिक्रिया