binod khambu live concert in malaysia 2017
विशाल चौतारी समाचार
मलेसिया, २०७३ माघ १९ बुधबार । मलेसियास्थित मलाक्क र कलाङमा चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चााड ल्होसारको शुभअवसर पारेर मलेसिया रोजगारमा रहेका नेपालीहरुले केही दिन अगाडी आयोजना गरेको कार्यक्रममा गायक विनोद खम्वुले सांगीतिक धुम मच्चाएका छन् ।
‘झुकाएर झुक्दैन हाम्रो स्वाभिमानलाई, फुटाएर फुट्दैन हाम्रो एकतालाई’ भन्ने मुल नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा नेपालबाट गायक विनोद खम्वु, लोकदोहोरी गायक राम्जी खाड, गायक रास्कोटी मगर, गायिका तथा मोडल निशा पोख्रेलले मनोरञ्जन दिएका थिए ।
नयाा पुस्ताले रुचाउने गायक खम्वुको ड्रेस र कपालको स्टाईलमा जव हल भित्रको रंगीचंगी बत्तिको चमकमा उनका हिट नम्वरका गीतहरु ‘तिमी ज्यान माग, ज्यान माग ज्यान दिन्छु’,‘बसमा छैन यो मन’ , ‘झन खायो झन झन मिठो तिन पाने रक्सी’ साथै उनको सार्वजनिक हुन लागेका एल्वम ‘किराातीको छोरो’ बाट केहि गीतहरु र भरखरै चर्चित बनिरहेको जेवि राईको रचना ‘दुई मुटु हाम्रो’ गाउदा स्टेजमा दर्शक दिर्घाबाट वान्समोरको आवाज आइरहेको थियो । कार्यक्रम सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले दर्शकको भीडलाई थाम्न हम्मेहम्मे परेको आयोजकले जनाए ।
देश विदेशमा रहेका नेपाली श्रोता दर्शकको मन जित्न सफल प्रतिभाशाली गायक विनोद खम्वुले मलेसियामा रहेर अहोरात्र खटिरहेका परदेशी यात्रामा गलेका तन र मनको थकानलाई मेटाउन मनोरन्जन दिएको उपस्थित दर्शकले प्रतिक्रिया दिएका छन् ।
देश तथा विदेशको सांगीतिक कार्यक्रममा व्यस्त बनिरहेका गायक खम्वु मंगलबार दिउासो त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल अवतरण गरिसकेका छन् ।
प्रतिक्रिया