Bisal Chautari Logo

नेपाल र जापानको प्रतिनिधित्वगर्दै बोधगयामा नमस्ते ब्याण्डको बेजोड प्रस्तुति

- ४ माघ २०७३, मंगलवार १०:५४ मा प्रकाशित


Ishwor Gurung Namaste Band live performance in bodhgaya
विशाल चौतारी समाचार
बाल कृष्ण भट्ट
बोधगया, २०७३ माघ ४ मंगलबार । बौद्ध धर्मालम्वीहरुको पवित्र तिर्थस्थल बोधगयामा ३४ औं कालचक्र पुजा तथा दलाई लामाको प्रर्वचनको पूर्वसन्ध्यामा हिमालयन क्षेत्रका चर्चित गायक तथा गायीकाहरु र संसार प्रसिद्ध कलाकारहरुको ठूलो जमधट भएको छ । यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा हलिउड स्टार रिचर्ड गेरलाई निम्त्याईएको थियो ।
Ishwor Gurung Namaste Band live performance in bodhgayaनेपाल तथा जापानको प्रतिनिधित्वगर्दै नमस्ते ब्याण्डका संयोजक ईश्वर गुरुङ्ग सहितको ९ जनाको जम्बो टोलि बोधगया पुगेको थियो । शान्तीशान्ती सबैलाई शान्तीबोलको गित बाट स्टेज प्रवेश गरेको ब्याण्डले आधादर्जन गित पस्केको थियो भने अन्त्यमा जाउहौं पोखरा बोलको गित गाउदै स्टेजबाट बाहिरीएको थियो । तासीदिलिख कन्र्सट दोस्रो नाम दिईएको उक्त ईभेन्ट हिमालयन ईन्टरनेशनल टेडिस्नल आर्ट (हिटा) र फूर्व ईन्टरनेशनल आर्ट को संयुक्त प्रयासमा आयोजना गरिएको हो । तिब्तीयन समाज, संस्कार र संस्कृतिको झल्को दिने यस कार्यक्रमको उद्घोषिका मिस तिब्बत पेमा छोईदोन र लोबसाङ्गबानचुकले गरेकी थिइन ।

Ishwor Gurung Namaste Band live performance in bodhgaya (2)

Ishwor Gurung Namaste Band live performance in bodhgaya (1)

प्रतिक्रिया