Bisal Chautari Logo

‘मिसेस हिमालयन –२०१७’को ट्यालेन्ट सो सम्पन्न

- २१ पुष २०७३, बिहीबार १४:१० मा प्रकाशित


mrs himalayan 2017 talent show
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ पौष २१ बिहिबार । बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस हिमालयन –२०१७’ को ट्यालेन्ट सो सम्पन्न भएको छ ।
mrs-himalayan-2017-talent-showगत बिहिबार काठमाडौ दरबार मार्गको सि–डब्लु रेस्टुरेन्टमा भएको ट्यालेन्ट सोमा १२ प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा देखाएका थिए । बिबाहित प्रतियोगीहरुले नृत्य, गायन, गजल, अभिनय तथा अन्य धेरै प्रतिभाहरु देखाएका थिए । ट्यालेन्ट सोका निर्णायकहरु अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, गायिका तायाहाङ्मा राई, ब्युटिसियन नेपालकी बिजेता गौरा राई लगायत रहेको थिए ।
mrs-himalayan-2017-talent-show-2एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्ने प्रतियोगिता चौथो संस्करण हो । ‘मिसेस हिमालयन –२०१७’ को अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले अहिले पहिलो चरणका प्रतियोगीहरुलाई क्लास दिइरहेकी छिन् । यस प्रतियोगिताको फाइनल यही पौष २५ गते हुदैछ ।

mrs-himalayan-2017-talent-show-3

mrs-himalayan-2017-talent-show-1

प्रतिक्रिया